कोरोना संक्रमण बढेपछि गाउँपालिका अध्यक्ष रोका मगरद्धारा थप सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि गाउँपालिकाले थप सतर्कता अपाउन आग्रह गरेको छ । गाउँपालिका वडा नम्बर १ निस्कोट ,वडा नम्बर २ रुम ,३ डाँडागाउँ ,वडा नम्बर ४ ओखरबोट ,वडा नम्बर ६ दरबाङ र वडा नम्बर ५ देविस्थात लगायत विभिन्न ठाउँमा कोरोना भाइरसको नयाँ भरियन्टको संक्रमणदर तिब्र रुपमा फैलिएको भन्दै थप सतर्कता अपनाउन गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले गाउँपालिकाबासीलाई अपिल गर्नुभएको छ ।

‘गाउँपालिकाका विभिन्न ठाउँमा कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणदर तिब्र रुपमा फैलिरहेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन ,अनावश्यक भिडभाड नगर्न र बाहिर निस्कनै परे अनिवार्य स्वास्थ्य मापदण्डको पलना गर्न समेत सबैमा अनुरोध गर्दछु ’,अध्यक्ष रोका मगरले भन्नुभयो ,कोरोना लक्षण देखिएमा नजिककैको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसंग सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।’ गाउँपालिका उपाध्यक्ष खरमाया विटालुका अनुसार कोरोना संक्रमितको उपचारको लागि गाउँपालिकाको वडा नम्बर ६ दरबाङको छ्यारछ्यारेमा अक्सिजन सहितको आइशोलेसन वार्ड स्थापना गरिएको छ । यसैगरी समुदाय स्तरमा थप कोरोना संक्रमणकोरोना संक्रमण बढेपछि गाउँपालिका अध्यक्ष रोका मगरद्धारा थप सतर्कता अपनाउन आग्रह फैलिन नदिन स्वाब संकलन गरी कोरोना परिक्षणको दायरालाई बढाएको छ । गाउँपालिकाका अनुसार बुधबार सम्म गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । म्याग्दीमा आगामी जेठ १७ सम्म लकडाउन जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार