
काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी छन् ।
सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीश राणा उपस्थित संवैधानिक परिषदले गरेको निर्णय उपर परेका विभिन्न मुद्दा उनी समेतको संवैधानिक इजलाशमा विचाराधीन अवस्थामा रहेकाले न्यायिक मान्यताअनुसार राणा परिषदको बैठकमा उपस्थित हुन नमिल्ने संविधानविदहरुको भनाइ छ । आइतबारको बैठकले संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने सम्भावना छ ।
हाल लोकसेवामा पदाधिकारीविहीन छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खाली छन् ।
संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ । अनलाइखबरबाट