कास्की । नेकपा एमाले जिल्ला कमिटी कास्कीका उपाध्यक्ष (नेपाल समूह) शोभखर भण्डारीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६३ वर्षीय भण्डारीको उपचारको क्रममा निधन भएको हो ।
एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको उहाँको मणिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार राति मृत्यु भएको जिल्ला अध्यक्ष (नेपाल समूह) धनराज आचार्यले जानकारी दिनुभयो ।
लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधिसभा विघटनपछि माधव कुमार नेपाल पक्षमा खुलेका थिए । नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा उहाँ जिल्ला उपाध्यक्ष चुनिएका हुनुहुन्थ्यो । नागरिक खबरबाट