कोरोना संक्रमणबाट पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । केही दिनदेखि पारिवारिक काम विशेषले काठमाडौमा रहेका कर्माचार्यमा कोरोना संक्रमण देखिएपछि एक साताअघि उपचारको लागि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना भएका थिए ।

तर, अस्पताल भर्ना भएपनि स्वास्थ्यमा सुधार नभएपछि निदान अस्पतालमा उपचार गराइरहेका कर्माचार्यको गएराती निधन भएको हो । बुधबार बेलुका श्वास प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएका कार्मचार्यको बिहान साढे ३ बजे निधन भएको थियो ।

पोखरा उद्योग बाणिज्य संघको मानार्थ सदस्य तथा सल्लाहकार समेत रहेका कर्माचार्यको उपचारका क्रममा मृत्यु भएको संघका महासचिव सुरेन्द्र बिजुक्छेले जानकारी दिए । कर्माचार्यले पोखरा उधोग वाणिज्य संघमा कार्य समिति सदस्य हुँदै विभिन्न पदको जिम्मेवारी सम्हालेर अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक सम्पन्न गरेका थिए ।

उनले संघले सञ्चालनमा ल्याएको बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजक भएको बेला बालश्रम न्यूनीकरणको लागि ठूलो योगदान गरेका थिए । उनी लायन्स क्लब लगायत विभिन्न सामाजिक र व्यवसायिक संघ संस्थामा समेत सक्रिय रहदै आएका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार