बाढी–पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले प्रति परिवार १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने

बेनी । म्याग्दीको बेनी नगरपालिकाले अविरल बर्षाका कारण प्रभावित प्रति परिवारलाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । बुधबार नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको क्युआरटी (द्रुत प्रतिकार्य समुह)को बैठकले सो निर्णय गरेको हो ।

‘अविरल बर्षाका कारण बाढी,पहिरो र नदी कटानबाट विस्थापित परिवारलाई तत्काल राहत स्वरुप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ,’–वडा नम्बर ८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले भन्नुभयो ,‘अहिले सम्म नगरपालिका भित्र करिब ४० घर परिवार विस्थापित भएको तथ्याङक संकलन भएको छ , ती प्रभावित परिवारलाई नगरपालिकाले तत्काल १५ हजार रुपैयाँ सहित आवश्यकता अनुसार त्रिपाल र पाइप वितरण गर्नेछ ।’

उहाँका अनुसार म्याग्दी नदी कटान र पहिरोको कारण नगरपालिकाका वडा नम्बर ४ मा सबैभन्दा बढी विस्थापित भएका छन् । नगरपालिकाका ५ ,३ ,१ २ र ९ मा बाढी पहिरोले क्षति पु¥याएको प्रवक्ता बराईलीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार