म्याग्दीका मुख्य सडक अबरुद्ध ,नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

बेनी । तीन देखी अविरल रुपमा परेको बर्षाका कारण म्याग्दीका मुख्य सडक अबरुद्ध छन् । बर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम ,बेनी–दरबाङ,बेनी–रत्नेचौर र बेनी–मालढुङ्गा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । निरन्तर पहिरो खसेका कारण अबरुद्ध सडक खुलाउन कठिनाई भएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ३ रुप्से ,सोही गाउँपालिका वडा नम्बर २ नैनीबगर र नागढुङ्गा खण्डमा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध भएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । त्यस्तै बेनी–दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भिरमा खानीखोलामा आएको बाढीले सडक अबरुद्ध भएको हो ।

बेनी –रत्नेचौर र बेनी– मालढुङ्गा सडक खण्डको बिभिन्न स्थानमा समेत बाढी पहिरोको कारण सडक अबरुद्ध भएको प्रनाउ राईले बताउनुभयो ।त्यस्तै पहिरोको कारण दरबा–धारापानी–ताकम –मुना सडक पनि अबरुद्ध भएको छ । अबरुद्ध सडक पुर्ण रुपमा खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।यसैगरी बर्षाका कारण म्याग्दीका मुख्य नदीमा पानीको सहत बढेको छ ।म्याग्दी नदी र कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि टतिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार