राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त

कास्की । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताउनुभयो । पोखरेलका अनुसार उक्त निवेदन दिउँसो १२:२५ मा सचिवलायमा दर्ता भएको छ । बिहीबार १ बजे बस्ने प्रदेशसभाको बैठकमा सूचना पढाएर सुनाइएको जनाइँदै पोखरेलले निवेदकको मागबमोजिम सांसद पद खारेज हुने बताउनुभयो ।

यसभन्दा अघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो । सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बाग्लुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । थापा यसअघि संसदीय दलका नेता पनि थिए र तर केन्द्रको निर्णय नमानेपछि केही समयअघि हटाइएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार