गण्डकीमा दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

काठमाडौं । गण्डकी मन्त्रिपरिषदमा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको हो ।

यस्तै राजिव गुरुङ (दीपक मनाङे) लाई भने कुनै जिम्मेवारी दिइएको छैन । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार