ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रहरी निरीक्षक सुरजबहादुर खड्काले बताउनुभयो।

जोरपाटीबाट गोकर्णेश्वर जाँदै गरेको बा ४ ख १०२२ नम्बरको मिनी ट्रकले पैदल यात्रुलाई ठक्कर दिएको हो। दुर्घटनामा रामेछाप घर भई गोकर्णेश्वर बस्दै आएका ३० वर्षीय राजन खड्काको मृत्यु भएको छ।

दुर्घटनालगत्तै उनलाई प्रहरीले उपचारका लागि एनएमसी अस्पताल पुर्‍याएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। प्रहरीले चालक र ट्रकलाई नियन्त्रणमा लिएको छ। चालकको नाम खुलेको छैन।

‘पैदलयात्री सडक छेउबाट हिँडेको र चालकको लापरबाहीले दुर्घटना भएको देखिन्छ,’प्रहरी निरीक्षक खड्काले भन्नुभयो। दुर्घटनापछि स्थानीयले ट्रकको सिसा फुटाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार