ब्राउनसुगर र नगदसहित दुई जना पक्राउ

काठमाडौं । झापामा लागुऔषध ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय सरोज भुजेल र ३५ वर्षीय निर्मल भुजेल भन्ने झलकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो।

उनीहरूलाई लागुऔषध ब्युरो र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले बिहीबार पक्राउ गरेको हो।विशेष सूचनाको आधारमा खटिएको टोलीले मेचिनगर-९ स्थित लिलाचोकबाट उनीहरूलाई पक्राउ गरेको थियो।

उनीहरू सवार मे ४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकेर प्रहरीले चेक गर्दा ३४ ग्राम ब्राउनसुगर बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक थापाका अनुसार उनीहरूले लागुऔषध किनबेच गर्दै थिए।

साथै, प्रहरीले सरोजबाट दुई लाख ४७ हजार ५ सय रूपैयाँ र झलकबाट तीन हजार ५ सय रूपैयाँ बरामद गरेको छ। उनीहरूलाई हिरासतमा राख्न जिल्ला अदालत झापाबाट अनुमति लिई थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार