राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

काठमाडौं। साफ च्याम्पियनसीपको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ ।

मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताउनुभएको थियो । उहाँ त्यहाँ व्यवस्थापन मिलाउन चाँडै जानुभएको हो । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ ।

१३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ । यसपटक साफमा ५ टिमले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली फाइनल पुग्नेछन् । कोभिडका कारण भुटानले सहभागिता जनाएको छैन भने पाकिस्तान फिफाको प्रतिबन्धमा रहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार