कालिपुल युनाइटेड क्लबको तेस्रो अधिवेशन,अध्यक्षमा फगामी चयन

बेनी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिपुल युवा (युनाइटेड) क्लबको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट साजन फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको बरिष्ठ उपाध्यक्षमा प्रकाश शेरपुञ्जा ,उपाध्यक्षमा राजेन्द्र गुरुङ ,सह–उपाध्यक्षमा मनोज गौचन ,सचिवमा सोनिया पुन ,सह–सचिवमा श्याम लामा ,कोषाध्यक्षमा राजिब छन्त्याल ,सह–कोषाध्यक्षमा प्रतिक्षा पुन चयन हुनुभएको सह–उपाध्यक्ष गौचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यहरुमा बादल आले ,मनिता गौचन ,अरुना पुन ,सनम पुन ,सचित थापा मगर ,संगिता पुन , आशिष पुन, बिजु पुर्जा ,सन्ध्या फगामी ,सुरेस केसी र अनिष गौचन चयन हुनुभएको छ । सामाजिक क्रियाकलापमा सक्रिय क्लबका अध्यक्ष फगाीमले खेलकुद क्षेत्र संगै सामाजिक काममा थप शसक्त बनाएर अगाडी बढ्ने बताउनुभयो । क्लबका निवर्तमान अध्यक्ष विकास पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन निवर्तमान सचिव तेजिन फगामीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार