चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सम्पन्न, पृथ्वी फर्किए तीन अन्तरिक्ष यात्री

एजेन्सी । अन्तरिक्षमा ९० दिन बिताएर चिनियाँ अन्तरिक्ष यात्रीको टोली शुक्रबार पृथ्वीमा फर्किएको छ। सेनझाउ–आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ।

तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए। चीनमा एस्ट्रोनट्सलाई टाइकोनट्स भनिन्छ। अन्तरिक्षयानको क्याप्सुलमा मिसनका कमान्डर नेइ हाइशेङ्ग, लुई बोमिङ र ट्याङ्ग होङ्ग्बो थिए। उनीहरू ९० दिन अन्तरिक्षमा बसेर फर्किएका हुन।

ग्लोबल टाइम्सका अनुसार सिङ्गल फ्लाइट मिसनमार्फत् ९० दिन अन्तरिक्षमा बसेको सबैभन्दा लामो समय हो। क्याप्सुल अवतरण भएको केहीबेरमै चिनियाँ उद्धारकर्ता ल्यान्डिङ साइटमा पुगेका थिए। टाइकोनट्सहरूको स्वास्थ्य अवस्था सामान्य छ।

पृथ्वीमा फर्किने क्रममा टाइकोनट्स ट्याङ्ग होङ्ग्बो पेनसँग खेलिरहेको देखिएका थिए। यो मिसन सहज रूपमै सफल भएको बताइएको छ।अवतरण गर्ने साइट मौसम, क्षेत्र, विकल्प र उद्धार सामग्रीका आधारमा छनोट गरिएको अन्तरिक्ष विज्ञ पाङ्ग झिहाओले बताउनुभयो। उहाँका अनुसार यो मिसन अरूभन्दा कठिन थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार