सिटौलाद्धारा उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस

काठमाडौँ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गर्नुभएके छ। सिटौला निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय गरेको हो ।

सिटौला निकट एक नेताका अनुसार सो समूहबाट नेताहरु भीमसेनदास प्रधान र चौधरीले मन्त्री बन्ने चाहाना राखेपनि सिटौलाको रोजाइमा चौधरी पर्नुभएको हो। मंगलबार सत्तारुढ दलका शीर्ष नेताबीच मन्त्रालय भागबण्डामा मोटामोटी सहमति जुटेपछि सिटौलाले पनि आफ्नो समूहबाट मन्त्री हुने नेताको टुंगो लगाउनुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार