
काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्र सौराहामा आइतबार पनि हुँदैछ । तर आइतबारको बन्दसत्र सुरु हुनुअघि नै सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल भइरहेको एमाले नेताहरूले बताएका छन् । यसै सन्दर्भमा एमाले नेता सूर्य थापासँग गरिएको संक्षिप्त कुराकानी स्
सहमति गराउने प्रयास कसरी भइराखेको छ ?
सहमतिको लागि पहल भइरहेको छ । निर्वाचन समितिले आफ्नो काम गरिरहेको छ ।
बाहिर त विरोध भएको छ नि कसरी मिलाउने भागबनडा ?
उहाँहरू सबैलाई पदाधिकारी बनाउने भनेर व्यवस्था भएकै छ क्यारे । सबैले रोजेको र खोजेको पद त कसैले पनि पाउँदैन । अहिले भइरहेका पदमा सबै पदाधिकारी सबैलाई भइरहेका पदमा व्यवस्थापन गर्ने कुरा भइराखेको छ ।
सर्वसम्मतिका लागि के सम्भावना देख्नहुन्छ तपाइँ ?
बन्दसत्र हलको म्यान्डेट अनुसार नेतृत्वले सहमतिमै नेतृत्व घोषणा गर्ने भनिएको छ । यसका लागि सिंगो हलले अध्यक्षलाई म्यान्डेट दिएको छ । रावलजीले विधानको कुरा गरहनुभएको छ । तर विधानको कुरा गर्दा सर्वसम्मतीको कुरा पनि आउँछ ।
यदी उहाँ एक्लै पनि उठ्छु भन्नुभएको छ भने उहाँ त सर्वसम्मतीको बाधक हुनुहुन्छ भन्ने बुझिन्छ । उहाँलाई पनि भइरहेको पदमा कायम राख्ने भनिएको हो । यसैगरी भूसालजी, अष्टलक्ष्मी, युवराज सबैलाई व्यवस्थापन गर्ने कुरा छ ।
तर ओलीलाई सर्वसम्मतले अध्यक्ष बनाइयो भन्ने नचाहनेहरूले खेलिरहेका छन् । सकेसम्म निर्वाचनमा नजाओस् हिजोतिर भन्दा पनि भोलितिर फर्केर हेरौँ भन्ने कुरा भएको हो । तैपनि प्रक्रियामा जान कसैलाई रोकिएको छैन । कसैले चुनावमै जाने मेरो अधिकार हो भन्छ भने त्यो अधिकारको पनि सम्मान गरिएकै छ ।
यहाँ अध्यक्षले घोषणा गर्ने र अरुले अनुमोदन गर्ने भनेर गलत प्रचार गरिएको छ । खासमा बन्दसत्रको सिंगो हलले अध्यक्षजूयलाई म्यान्डेट दिएको हो । यसमा देशी विदेशी प्रतिक्रियावादीहरूले हुँडलो मच्चाउने र एमाले फुटाउन खोज्ने प्रयास गरिरहेका छन् । ekantipurबाट