१९ वर्षकी करिना पुरीले जितिन् कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं । सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी छन्। उनी सिन्धुपाल्धोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।

पुरी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्। उनले ४०९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेकी हुन्, जुन त्यहाँ खसेकोमध्ये सबैभन्दा धेरै मत हो।पुरीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बधाई दिएका छन्। पुरी प्रचार नेटवर्ककी सदस्य पनि हुन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार