
चितवन । नेकपा (एमाले)का नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
सौराहमा चलिरहेको दशौं महाधिवेशनको बन्दसत्रमा केपी र्शा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए, जसमा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम छ ।त्यसमा असहमत नेताहररूले छुट्टै उम्मेदवारी दर्ता गराउनुभएको छ । अनलाइनखबरबाट