काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ ।
अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो । निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझाउनुपर्ने नियम बनाएको थियो । अध्यक्षमा ओली र रावलले उम्मेदवारी दर्ता गराएका छन् । नागरिक खबरबाट