असंलग्न आन्दोलनको सान्धर्भिकता आज पनि यथावत : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले विश्वशान्तिका लागि खतरा,घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकताआज पनि यथावत रहेको बताउनुभएको छ ।

गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम)को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याउनुभएको हो ।सम्बोधनका क्रममा सभामुख सापकोटाले भन्नुभयो ‘विश्वका विकासशील देशहरू निरन्तर रुपमाआर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित छन्।

यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइ रहने छन्।नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन्।’सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। ‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो। शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन्।’

उहाँले भन्नुभयो ‘नेपालको संघीय संसद लोक तान्त्रिक मूल्य र मान्यताको संरक्षक हो। जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमाआशा राखेका छन्। नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ।’

सभामुख सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यबस्थापिका संघ आई पि यू को १४३औं सभालाई सम्बोधन गर्दै शासनको सबै भन्दा मन पर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका थिए। आई पि यू सम्मेलनमा सहभागि हुन यहि मंसिर आठ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार