एमाले महासचिवमा शंकर पोखरेल निर्विरोध

काठमाडौँ । नेकपा (एमाले)को महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने हुनुभएको छ । सोमबार बिहान १० बजेको समयसीमाभित्र पोखरेलको मात्र उम्मेदवारी दर्ता भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने हुनुभएको हो ।निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार