एमाले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित

चितवन । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल सर्वसम्मत निर्वाचित हुनुभएको छ । आइतबारसम्म वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका सुवासचन्द्र नेम्वाङको समेत उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष हुनुभएको हो ।

आइतबार नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश अध्यक्ष केपी शर्मा ओलीसमक्ष पठाउनुभएको थियो । वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङलाई ओलीले उपाध्यक्षको सूचीमा राख्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत आइतबार रातिको बन्दसत्रमा पोखरेललाई वरिष्ठ उपाध्यक्ष प्रस्ताव गर्नुभएको थियो।

सहमतिका लागि भन्दै १९ पदाधिकारीको प्रस्ताव प्रस्तुत गर्नुभएको ओलीले यदि कसैलाई चित्त नबुझेको भए त्यसैअनुसार उम्मेदवारी दर्ता गर्न नेताहरूलाई आग्रह गर्नुभएको थियो । तर तोकिएको समय अवधिभित्र बरिष्ठ उपाध्यक्ष पदमा अरुको उम्मेदवारी परेन । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार