कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदैहुनुहुनछ ।आज दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहीले मत लिन लाग्नुभएको हो । माओवादी केन्द्रका नेता एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता छाडेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

सत्ता गठबन्धनसँग प्रदेश सभामा २३ मत रहेको छ। प्रदेश सभामा हाल कायम ३५ सदस्यमध्ये विश्वासको मतका लागि १८ जना आवश्यक पर्छ। माओवादी केन्द्रको १२, कांग्रेसको ६ र नेकपा एकीकृत समाजवादीका ३ जना सांसद रहेका छन्।

आज बस्ने प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ। सांसदहरू पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन गएकाले एमालेका सांसदहरु अनुपस्थित हुने जनाइएको छ।एमालेको उपस्थिति विना पनि संसद चलाउने तयारी सत्तापक्षले गरेको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार