एमाले महाधिवेशनमा मतदान सकियो

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा मतदान गर्ने कार्य सकिएको छ । आज बिहान १० बजेसम्म मतदान गर्ने भनिएको महाधिवेशनको समय आधा घन्टा थपिएको थियो । थपिएको समयपनि अहिले सकिएको छ । समय सकिएपछि मतदान गर्ने कार्य पनि स्थगित गरिएको छ ।

१० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि चितवनमा मतदान गरिएको छ । अहिलेसम्म २ हजार ८० मत खसेको जनाइएको छ । तर, हलभित्र पसेका केही प्रतिनिधि बाँकी भएको कारण २१ सयको हाराहारी मत खस्ने हनुमान निर्वाचन आयोगले गरेको छ ।

निर्धारित समयमा मतदान नसकिने भएपछि केन्द्रीय निर्वाचन आयोगले समय थपेको थियो । निर्वाचन आयोगले थपेको समय पनि अहिले सकिएको छ । तर, मतदान गर्न हलभित्र पसेकाहरुको हकमा भने मतदान भइरहेको छ । निर्वाचन आयोगले केही समयपछि कति मतदान भयो भनेर आधिकारिक घोषणा गर्ने जानकारी दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार