निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

चितवन । नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिनुभयो । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय मेसिनका प्राविधिकहरुले अबको अढाई घण्टाभित्र मतपरिमाण आउने सक्ने बताउनुभएके छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार