जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित भएनन्ः मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले व्यावसाय जीवनरक्षा कोषबाट व्यावसायी नै लाभान्वित हुन नसकेकोमा खिन्नता प्रकट गर्नुभएकोे छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशको दोश्रो अधिवेशन तथा पाचौं साधारणसभाको पोखरामा मंगलबार उद्घाटन गर्दै पोखरेलले कोभिड–१९ बाट थलिएको उद्योग–व्यावसायलाई उकास्ने भनेर कोष सञ्चालन गरेपनि व्यावसायी नै त्यसबाट लाभान्वित हुन नसकेको उहाँले बताउनुभयो।

मुख्यमन्त्री पोखरेलले व्यावसाय जीवनरक्षा कोषको कार्यविधि जटिल बन्दा व्यावसायी लाभान्तिव हुन नसकेको उहाँको बुझाई छ । ‘व्यावसाय जीवनरक्षा कोषमा अघिल्लो वर्षपनि एकअर्ब रुपैयाँ छुट्टिएको थियो, त्यसमा २५–२६ करोड मात्र खर्च भयो, अहिलेपनि १ अर्ब नै छुट्टिएको छ तर खर्च नै भएको छैन,’ उहाँले भन्नुभयो।

उनले जटिल कार्यविधि फेरबदल गरेर कमजोर लाई पनि सहजै ऋण पाउन सक्ने बनाउनु पर्ने बताउनुभयो। त्यसका लागि सरकार, उद्योगी–व्यवसायी र बैंक बसेर छलफल तथा अन्र्तक्रिया गरेर कार्यविधि बनाउनुपर्ने उहाँको भनाई थियो।गण्डकी प्रदेशमा ७९ हजार ४ सय ८७ वटा उद्योग दर्ता रहेको महासंघका गण्डकी प्रदेश अध्यक्ष हरिहर थापाले जानकारी दिनुभयो।

तर, कोभिड लगायतका कारण कति बन्द भए र कति सञ्चालनमा छन् भन्ने तथ्याङ्क नभएको उहाँले बताउनुभयो। साथै उहाँले प्रदेशमा कति लगानी पुगेको छ।कति रोजगारी सिर्जना भएको छ, उत्पादित सामान मध्ये कति आन्तरिक रुपमा खपत हुन्छ र कति निर्यात हुन्छ भन्ने बारेमा समेत कुनै तथ्याङक नभएको बताउनुभयो । अध्यक्ष थापाले ११ जिल्लामा १–१ वटा वस्तुको हब तोकेर सो वस्तु विकासको कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो । साथै उहाँले प्रदेशमा उत्पादित वस्तुको उपभोग प्रदेशमा अनिवार्य उपयोगको नीति अवलम्वन गर्नुपर्ने महासंघको माग रहेको बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार