राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा र आफ्नो पार्टीको विचार तथा मन नमिल्ने भए पनि राष्ट्रिय भावना र स्वधीनताप्रतिको निष्ठा एउटै रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू अघिका वक्ता नेकपा मालेको महासचिव सिपी मैनालीप्रति कटाक्षा गर्न पनि भ्याउनुभयो । मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रसंशा गर्नुभएको थियो भने प्रचण्ड नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताउनुभएके थियो ।

“तपाईंहरुको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधानीताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यसअर्थमा तपाईं हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन,” उहाँले भन्नुभयो,“म अर्को भाषा बोल्न सक्दिनँ । हुन न सिपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईंहरुको अगाडि महान राजा पनि भन्नुभयो ।

मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँच्चै त्यसै हो भने सिपीजीलाई बधाई छ ।ु उहाँले आफू धर्मनिरपेक्षवादी भएको र राष्ट्रवादी भएको स्पष्ट गर्नुभयो । उहाँले विचारमा मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै संस्कृति र परम्पराको बीचमा निरन्तर बहस हुँदै बहस र मतमतान्तरणको बीचबाट समाजको रुपान्तरण हुने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार