शीर्षनेताहरू मभन्दा खत्रा कलाकार : रेखा थापा

काठमाडौँ । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गर्नुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उहाँले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उहाँले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताउनुभयो ।नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उहाँको भनाइ छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार