देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ ।स्थायी समितिको शुक्रबार बिहान बसेको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल बनाएको हो ।

कार्यदलमा पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा, र मात्रिका यादव सदस्य रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । कार्यदलले मंसिर २५ गतेसम्म विधान मस्यौदा प्रस्ताव गर्ने भएको छ ।

त्यस्तै, राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको प्रवक्त महराले बताउनुभयो ।

बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधि बनाएको छ । केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रस्ताव तयार पार्ने जिम्मेवारी समेत बैठकले दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार