लिङ्देनको जितले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ : निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपा अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिनुभएको छ। कमल थापालाई हराउँदै लिड्देन राप्रपा अध्यक्ष हुनुभएको हो ।

आज विज्ञप्ति जारी गर्दै कांग्रेस उपसभापति निधिले राप्रपाको महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको उल्लेख गर्नुभएको छ ।

‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको छ,’ उहाँले भन्नुभएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउँनेछ भन्ने मैले बिश्वासका साथ सफल कार्यकालको कामना गर्दछु।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार