ओमिक्रोनबाट बच्न नागरिकलाई बुस्टर डोज दिने तयारीमा सरकार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतवार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोना बिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो । उहाँले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताउनुभयो।

उहाँले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताउनुभयो। मन्त्री खतिवडाले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताउनुभयो।

उहाँले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताउनुभयो। मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँ गाउँमा गई कोरोनाबिरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार