एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन : योगेश भट्टराई

चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिनुभयो ।

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उहाँले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको बताउनुभयो । ताजा जनादेशबाट एमालेले सरकार बनाउने बताउँदै उनले पाँच दलीय गठबन्धनले देशमा बेथिति निम्त्याएकाले यसलाई चिर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गर्नुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार