नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन महाधिवेशनपछि हुने

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको छ । प्रदेशको महाधिवेशन बिहीबार नै उद्घाटन भए पनि निर्वाचन प्रक्रियाका लागि सोमबारसम्मै प्रतीक्षा गरिएको थियो ।

तर केही जिल्लाको क्षेत्रीय अधिवेशन हुन नसकेकाले प्रदेशको निर्वाचन महाधिवेशनपछि गर्ने निर्णय गरिएको प्रदेश २ को महाधिवेशन आयोजक समितिका संयोजक रमेश रिजालले बताउनुभयो । सर्लाही, महोत्तरी, रौतहट र वारामा क्षेत्रीय अधिवेशन हुन सकेको छैन ।

‘हामीले समयमै क्षेत्रीय अधिवेशन सम्पन्न हुने विश्वास राखेका थियौं तर भएन’ निर्वाचन समितिका एक सदस्यले भन्नुभयो, ‘अब महाधिवेशनको समय पनि आइसकेको र जनकपुरधाममा विवाहपन्चमी महोत्सव शुरु भैसकेकाले अब प्रदेशको महाधिवेशन समयमा गर्न सकिन्न ।’दुई दिन अझै प्रतीक्षा गर्न सकिन्थ्यो तर विवाहपन्चमी शुरु भैसकेकाले सबै जना उतैतिर लाग्ने र २४ गते महाधिवेशन भएकाले अब त्यसपछि नै निर्वाचन गरिने निर्वाचन समितिका सदस्य प्रल्हाद गौतमले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार