आफूले गठबन्धन गर्दा राम्रो, अरूले गर्दा नराम्रो मान्ने मानसिकता खराब : नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानीका क्रममा उहाँले लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताउनुभयो।

अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलग–अलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘आफूले गठबन्धन गर्दा राम्रो, अरूले गर्दा नराम्रो मान्ने मानसिकता खराब हो’ उहाँले अरू निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले झन् सफलता हासिल गर्ने बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार