खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि : आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले खतराजन्य पदार्थ आयात निर्यातको अनुमति पाउनु नेपालको लागि उपलब्धि भएको बताउनुभएको छ।

खतराजन्य पद्धार्थ आयात निर्यातमा अब व्यवसायीहरुलाई झन्झट नहुने र नाफा हुने उहाँले बताउनुभयो । सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयमा हुने हरेक खर्चमा मितव्ययिता अपनाइएको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘यहाँको स्थानीय लेभलमा यहाँका व्यवसायीहरुलाई पनि हरेक ठाउँमा झन्झट हुन्थ्यो । सामान ल्याउँदा खेरी कम्तीमा अब डाइरेक्ट आउन सक्नेभयो । त्यो पनि एउटा उपलब्धी हो । अर्को कुरा जुन सामानहरु हामी बाहिरबाट क्यारी गर्छौं त्यो भन्दा दुई गुणा, ३ गुणा बढी हामीले पाउनेभयौ । जुन जुन फ्लाइटमा यात्रु नभएको अवस्थामा पनि डेन्जरस् गुड क्यारी गरेर हामी यहाँ ल्याउाछौं यसले नाफा दिन्छ । एकदमै सह्रानीय कुरा हो यो ।’

आफूले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने चाहना राखेको उहाँले बताउनुभयो । अहिले नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै मन्त्री आलेले निगमलाई कुनैपनि हालतमा माथि उठाउनुपर्ने बताउनुभयो। मन्त्री आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमी, कमजोरी, विकृति र विसंगति सुधार्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार