संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सजग छौँ : उपेन्द्र यादव

जनकपुर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताउनुभएको छ ।

जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्ने उल्लेख गर्नुभयो । संघीययता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायमै रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको बताउनुभयो । “संघर्षको यात्रा अझै जारी छ,” उहाँले भन्नुभयो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याएको आरक्षणसम्बन्धी व्यवस्था विश्वकै उत्कृष्ट भएको बताउनुभयो । आरक्षणको सुविधा प्राप्त गर्न दलित, महिला, मुस्लिमलगायत समुदायले बालबालिकाको शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार