मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गर्नुभएको हो।

शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुनुहुन्छ । उहाँले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ । उहाँको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा हुनुहुन्थ्यो । तर उहाँले आफ्नो सभापतिको लागि चाहना नभएको र आफ्नो पक्षबाट चार जनाले आकाङ्क्षा देखाएपछि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले मिल्ने भए मिल नत्र जीवनलाई बनाउनुपर्‍यो भनेपछि नाम चर्चामा आएको बताउनुभएको थियो ।

शाही यति बेला कर्णालीको मुख्यमन्त्री बनेपछि सरकारलाई पूर्णता दिने कुरामा भने ध्यान दिनुभएको छैन । मुख्यमन्त्री बनेको एक महिना भन्दा बढी भइसक्दा पनि उहाँले अहिले सम्म दुईवटा मात्र मन्त्री नियुक्त गरेका छन् भने बाँकी मन्त्रालय आफैसँग राख्नुभएको छ । जसले गर्दा कार्यसम्पादनमा समेत समस्या भएको भन्दै मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार