बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र वडा नम्बर ४ दग्नाम क्षेत्रमा निर्माणधिन राहुघाट मंगले जलविद्युत् आयोजनामा पहिरोले डोजर पुर्दा चालक भिमबहादुर खत्रीको मृत्यु भएको छ ।
टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले पुरिएर सोही गाउँपालिका वडा नम्बर २ का अन्दाजी २७ बर्षिय खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्यादीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष एकबहादुर गर्बुजाका अनुसार सोमबार विहान ८ बजेको समयमा आयोजना स्थलमा बाटो खनिरहेको अवस्थामा माथिबाट खसेको पहिरको ढिस्कोले डोजर पुरिएको हो ।