मानव तस्करलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा

काठमाडौं । मलेसिया तथा खाडी मुलुक लगायतमा नेपाली कामदार अलपत्र पर्न थालेपछि त्यता पठाउने मानव तस्करहरुलाई सघाएको आरोपमा एयरपोर्ट इमिग्रेसनका ९ अधिकृतको सरुवा भएको छ । सेटिङमा संलग्न रहेको हुनसक्ने भन्दै उनीहरुलाई गृह मन्त्रालयले तानेको हो ।

गृह मन्त्रायले गोप्य सूचनाका आधारमा उनीहरुलाई विमानस्थलबाट हटाएको हो । अध्यागमन कार्यालयबाट अधिकृतहरु पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई फिर्ता बोलाइएको गृह स्रोतले बताएको छ ।

मानव तस्करसँगको सेटिङमा भिजिट भिसामा मलेसिया तथा खाडी मुलुक पठाउन सहयोगीको भूमिका निर्वाह गरेको सूचनाको आधारमा उनीहरुलाई सरुवा गरिएको हो । भिजिट भिसामा पछिल्लो समय खाडी मुलुक पुगेकाहरुको विचल्ली भएपछि सबै कर्तुत पर्दाफास भएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार