दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)

बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ ।

आयोजनका साइट ईन्जिनियर बालकुमार रोकाले २ सय ५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबै तर्फ सुरुङ निर्माण सुरु हुने बताउनुभयो । ‘अब इल्पुमा रहेको बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी भइरहेको छ’ उहाँले भन्नुभयो । आइतबारदेखि सुरू भएको सुरुङ निर्माणको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले सुरुवात गर्नुभएको थियो।

darbang-myagdikhola hyadro

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु, वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष सुबेदी, वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन र वडा नम्बर ७ का वडा अध्यक्ष रेशम जुग्जाली, आयोजनाका सञ्चालक चित्र पुन र अमित गौचन लगायत प्राविधिक टोलीको उपस्थिीति रहेको थियो । जलविद्युत आयोजनाका अध्यक्ष विनोद कुँवरले टनेल निर्माणको कामलाई तिब्र गतिमा अगाडी बढाउने बताउनुभयो । ‘टनेलमा उत्साहजनक प्रगतिसहित समयमै आयोजनाको काम सम्पन्न गर्नेछौ,‘प्रभावित क्षेत्रका बासिन्दालाई लगानीका लागि समेत अवसर छ’ अध्यक्ष कुँवरले भन्नुभयो । उहाँले अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरि दुई सिफ्टमा हुने समेत बताउनुभयो। म्याग्दी खोलाबाट विद्युत निकाल्न प्रवासी म्याग्दीली र स्थानीयहरुको लगानीमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्न लागेको हो ।

darbang-myagdikhola hyadro

मालिका गाउँपालिका–७ ,बिम र वडा नं ५ ,देविस्थान र धवलागिरि गाउँपालिका–७, को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तिय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ । आयोजना निर्माणमा ५ अर्ब १५ करोड  रुपैयाँ लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जिनियर हर्कमान घर्ति मगरले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता भएको छ । आयोजनाको साईट कार्यालय, आवासगृह सहितका भौतिम संरचना समेत तयार भइसकेको छ भने पहिलो, दोस्रो कोराना भाइरसकाका कारण निर्माणकार्यमा समस्या भएपनि अहिले जनशक्तीको ब्यवस्थापन भएकाले तिब्र गतिमा अगाडी बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार