रघुगंगा उपप्रमुख तिलिजाको संयोजत्वमा गाउँपालिका स्तरिय योजना अनुगमन (तस्बिरहरु)

धनिलाल गर्बुजा
दग्नाम ,७ फागुन । आर्थिक बर्ष ०७७/०७८ मा गाउँपालिका तथा गण्डकी प्रदेशबाट बिनियोजित रकम मार्फट रघुगंगा गाउँपालिका–४ स्थित दग्नाममा  निर्माणधिन योजानाहरुको अुनुगमन गरिएको छ। शुक्रबार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्विर’ सहित रघुगंगा उपप्रमुख कमला तिलिजाको संयोजत्वमा दग्नाम वडा ४ मा बिभिन्न शिर्षकमा सञ्चालित  योजनाहरुको अनुगमन गरिएको हो।

नेपाली कांग्रेस म्याग्दीका सभापति  गर्बुजा ‘खम्विर’ को पहलमा युवा तथा खेलकुद मन्त्रालया गण्डकी प्रदेशबाट बिनियोजित एकता क्लवको खेलको मैदान स्तरोन्नती गर्नको लागी रु. १० दश लाख र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशबाट आमा समुह सामुदायिक भवन निर्माणको लागी बिनियोजित रकम रु. १० दश लाख को लागतमा दग्नाम नाङ्गीदेबी आमा समुहको भवन निर्माण सुरु भएको छ। १८ बटा पिल्लर रहेको भवनको लम्बाई ६३ फिट, चौडाई २४ फिट रहेको छ।

सामुदायिक भवन बिस्तार स्तरोन्नती र अन्य योजनाहरुकोलागी सम्बधित निकायमा थप पहल गर्ने सभापति खम्विर‘ गर्बुजाले प्रतिबद्धता जनाउनु भएको छ।

समाजिक कार्यका लागि  समाज घरको अत्यावश्यक भएकोले समाज घर निर्माण कार्यमा जुटेकाे आमा समुहकी अध्यक्ष राजकुमारी गर्बुजाले बताउनुभयो। ‘पाँच जना दक्ष मिस्त्री मजदुर सहित समुहबाट खतिएको छौ’ उहाँले भन्नु भयो। भवन निर्माण  सम्पन्न गर्न रकम अपुग हुने भएकोले आर्थिक सहयोग गरिदिन  आग्रह गरेकाेमा राहुघाट हाईद्रोपावर कम्पनी बाट रु.दुई लाख बराबरको जिन्सी उपलव्ध गर्ने प्रतिबद्धता जनाएको जानकारी गराउनुयो।

दग्नाम स्थित कान्छी गाउँ धारमा रहेको एकता क्लव दग्नामको खेलमैदान स्तरोन्न्तीको लागी युवा तथा खेलकुद मन्त्रालया गण्डकी प्रदेशबाट बिनियोजित रकम रु. १० दश लाखको लागदमा निर्माण कार्य अन्तिम चरणमा पुगेको र अबको एक हप्त भित्र निर्माण सम्पन्न हुने क्लवका सचिब उमेश पाईजाले जानकारी दिनु भयो।

दग्नाम ४ नम्वर वडा कार्यलय बाट बिनियोजित रकम मध्य गहिरी गाउँ गोरेटो बाटो निर्माण रु.३ लाख ५०, हजार, कान्छी गाउँ गोरेटो बाटो निर्माण रु.रु.३ लाख ५० हजार  र ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ कार्यक्रम बाट बिनियोजित रकम रु २,००००० लाख रकम बाट सांगले पानी डाँडा गाउँ गोरेटो बाटो निर्माण , पानाकोट कान्छी गाउँ गोरेटो बाटो निर्माण रु. २ लाख ५० हजार  कान्छी गाउँ आमा समुहोको भवन मर्मत रु. रु २,००००० लाख बराबरको ५ बटा योजना सम्मन्न भएको र  बाँकी योजना निर्माण कार्य भइरहेको वडा नम्बर ४ का वडा अध्यक्ष एक बहादुर गर्बुजाले जानकारी गर्नुभयो।

 

अनुगमनको क्रममा संयोजक रघगंगा  गाउँपालिका उपाध्यक्ष तिलिजाले हरेक योजना सम्पन्न गर्न प्राविधिक ‘ईस्तिमेत’ लाई ध्यानमा राखी गुणस्तर र विल भरपाइलाई चुस्त र दुरुस्त बनाउँनुपर्नेमा जाेड दि‌ंदै संधै गाउँपालिकाबासीकाे पक्षमा साथ सहयोग र सहकार्य गर्ने बताउनु भयो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार