भारत र चीनको सम्बन्ध सबैभन्दा कठिन दौरमा : भारतीय विदेशमन्त्री

एजेन्सी । भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले सीमा सम्झौता उल्लङ्घन गरेपछि हाल दुई देशबीचको सम्बन्ध सबैभन्दा कठिन समयबाट गुज्रिरहेको बताउनुभएको छ । अंग्रेजी पत्रिका द हिन्दूका अनुसार जयशंकरले म्युनिख सुरक्षा सम्मेलन (एमएससी) २०२२ का दौरान यो बयान दिनुभएको हो।

जयशंकरले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘भारतको चीनसँगै एउटै समस्या छ । सन् १९७५ देखि ४५ वर्षसम्म सीमामा शान्ति रह्यो, सीमा प्रबन्ध स्थिर रह्यो, कोही पनि सैनिक हताहत भएनन् । तर अहिले यो बदलिएको छ किनभने हामीले चीनसँगको सीमामा रहेको वास्तविक नियन्त्रण रेखामा सैन्य बल तैनाथ नगर्ने सम्झौता गरेका थियौँ तर चीनले त्यस सम्झौतालाई उल्लङ्घन गरेको छ ।’

स्वाभाविक रूपमा सीमाको स्थितिले दुई देशबीचको सम्बन्धको स्थितिलाई पनि तय गर्दछ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर अहिलेको समयमा चीनसँग भारतको सम्बन्ध निकै कठिन समयबाट गुज्रिरहेको छ ।’ सन् २०२० को जुन १५ मा गलवान घाटीमा दुई देशका सेनाबीच भएको हिंस्रक झडपपछि भारत र चीनबीच पूर्वी लद्दाखमा गतिरोध सुरु भएको थियो । त्यसपछि दुवै देशले सो क्षेत्रमा बिस्तारै सैनिक र हतियारको तैनाथी बढाएको थियो । रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार