युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् ।

संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रतिबन्ध लगाउदै आएका छन् ।युरोपेली संघले बैंक र युक्रेनको छुट्टिएका क्षेत्रहरुलाई मान्यता दिने रुसी सांसदहरुलाई लक्षित गर्दै विभिन्न मापदण्ड ल्याएका छन् ।जर्मनीले पनि रुसबाट आउने प्रमुख ग्यास परियोजना नर्ड स्ट्रिम–२ लाई रोकेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वी युक्रेनमा सेना परिचालन गर्न मस्कोले दिएको आदेशप्रति आलोचना गरेका छन् । उनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको आरोप लगाएका छन् ।छुट्टिएका डोनेत्सक र लुुहान्सक क्षेत्रहरुलाई आपूmले मान्यता दिएको भ्लादिमिर पुटिनले बताएका छन् ।

यसमा युक्रेनले लिएका क्षेत्रहरु पनि रहेका छन् ।मस्कोमा रहेको संसदको माथिल्लो सदनले राष्ट्रपति पुटिनलाई विदेशमा सेना परिचालनका लागि आदेश दिएको छ । मस्कोको सहयोगमा चलेका पृथकतावादीहरुका दुुई क्षेत्ररुमा रुसी सेना पठाइएको छ वा छैन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार