प्रतिबन्धले विश्व बजार र अमेरिकीलाई पनि असर पार्छ : रुसी राजदूत

एजेन्सी । पश्चिमा प्रतिबन्धले विश्व बजार प्रभावित हुने अमेरिकीहरुको भलाईमा पनि असर पार्ने अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले बताउनुभएको छ ।

यसले मस्कोलाई उसको विदेश नीति परिवर्तन गराउन बाध्य नहुने एन्टोनोकोभनाई उद्धृत गर्दै रुसको नोभोस्टि समाचार संस्थाले जनाएको छ । ‘हामी बिरुद्धको प्रतिबन्धले विश्वव्यापी वित्त र उर्जा बजारमा हानी पु¥याउनेमा कुनै शंका छैन,’ उहाँले भन्नुभयो । यसबाट अमेरिका र सर्वसाधारण अमेरिकी पनि प्रभावित हुने चेतावनी उहाँले दिनुभएको छ । उहाँहरुले मूल्य वृद्धिको सामना गर्नु पर्ने समेत बताउनुभएको छ ।

रुसमाथि अमेरिकी आर्थिक एक्सपोजर तुलनात्मक रुपमा सानो छ, तर राष्ट्रपति बाइडेन स्वयंले रुसमाथि प्रतिबन्ध लगाउनाले अमेरिकामै पनि उर्जाको मूल्यमा असर पर्न सक्ने पाएको विश्लेषकहरुले बताएका छन् । ‘अमेरिकी जनताले प्रजातन्त्र र स्वतन्त्रताको रक्षा कुनै क्षति बिना हुनुपर्ने बुझेका छन्,’ बाइडेनले पहिलेनै भन्नुभएको थियो । ‘यो पीडाबिना हुन सक्छ भनेर म ढाँट्दिनँ,’ उहाँको अभिव्यक्ति थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार