प्रकाश माविका शिक्षकको कुटपिटले विद्यार्थीको करङ भाँचियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७,मा रहेको एक विद्यालयका शिक्षकले विद्यार्थी अन्धाधुन्ध लौराले निर्घात कुटपिट गरेका छन्। कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक ब्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन् । शिक्षकको कुटपिटबाट विद्यार्थीको एउटा करङ भाँचिएको छ भने टाउकोमा चोट लागेको विद्यार्थीका बुबा भिमप्रसाद पौडेलले बताए ।

उनले शुक्रबार विद्यालयबाट घर फर्किएपछि बान्ता गरेको र खाना खाने क्रममा मुखबाट समेत रगत आएपछि बेनी अस्पतालमा उपचारको क्रममा टाउको र शरीरमा चोट देखिएको बताए ।उनले चिकित्सकको परीक्षण, एक्सरे रिर्पोटमा समेत करङमा असर देखिएको बताए । सोही दिन शिक्षक घिमिरेले अन्य विद्यार्थीलाई समेत त्यस्तै गरी कुटेको विद्यार्थी राजन पौडेलले आरोप लगाएका छन् ।
यता विद्यालयका सहायक प्रधानाध्यापक लेखबहादुर हमालले घटनाका बारेमा अभिभावकले जानकारी गराएपछि मात्रै थाहा पाएको बताए ।‘शुक्रबार सबै पिरियड पढेर घर गएका थिए,‘विद्यालयमा हामीलाई जानकारी नै भएन’ सहायक प्रअ हमालले भने ।

उनले चौथो पिरियडका शिक्षक घिमिरेपछि कक्षामा गएका अन्य शिक्षकहरुले समेत विद्यार्थीलाई समान्य अवस्थामै देखेको बताएकाले अनुसन्धान गर्ने बताए ।‘घटनाको अनुसन्धान गछौं, विद्यार्थीको पठनपाठनमा असर नहुने गरी ब्यवस्था मिलाउँछौ’ हमालले भने । यता पीडित विद्यार्थीका अभिभावक र आफन्तले कुटपिटमा संलग्न शिक्षकलाई कडा कारवाहीको माग गरेको आफन्त यामनाथ सुवेदीले बताए ।

उनले मेडिकल रिर्पोटको आधारमा आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा समेत किटानी उजुरी दिने बताए । विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउनका साथै पठनपाठनमा पर्ने असरका बारेमा समेत विद्यालयमै पुगेर सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार