युक्रेनमाथि रुसको हमलापछि १० लाख पलायन भइसकेका छन् : संयुक्त राष्ट्र संघ

एजेन्सी । संयुक्त राष्ट्रले युक्रेनमाथि हमलाका कारण हालसम्म करिब १० लाख जना पलायन भइसकेको र छिमेकी देशको शरण लिन बाध्य भएको बताएको छ ।

पलायन भएको यो संख्या पछिल्लो सात दिनको हो । रुसले अघिल्लो बिहिबार युक्रेनमा हमला गरेको थियो । बीबीसी पत्रकार लुईस गोडालले युक्रेनको शरणार्थी संकट सन् २०१५ को युरोपको शरणार्थी संकटभन्दा ठूलो हुनसक्छ । त्यतिबेला सिरिया, इराकजस्ता युद्धग्रस्त देशबाट ठूलो संख्यामा मानिस शरण लिनका लागि युरोपतर्फ अघि बढेका छन् ।

लुईसले भन्नुभयो, ‘सन् २०१५ को शरणार्थी संकटका बेला १३ लाख मानिस बिस्थापित हुनु परेको थियो । युक्रेनमा एक हप्ताभित्र नै यो संख्या बढिसकेको छ ।’ संयुक्त राष्ट्रले यो युद्धका कारण करिब १ करोड २० लाख जनाको आन्तरिक विस्थापन अर्थात् देशभित्रै एक स्थानबाट अर्को स्थानमा बिस्थापन हुने आशंका व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार