टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेत तनावग्रस्त

सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो।

वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाईकललाई पछाडिबाट गएको भे १ ख ३१०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो।दुर्घटनामा घाईते भएकी पुलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा सोही दिन मृत्यु भएको थियो।मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसो १२ बजेदेखि छिन्चु बजार बन्द गराएका छन्।

बजार क्षेत्रको व्यवसायसँगै सुर्खेत–नेपालगञ्ज सडक समेत बन्द गराइएको छ।टिपर र चालक बर्दियाको बासंगढी नगरपालिका–५ का ३१ वर्षीय राजु थापा मगरलाई प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मोटरसाइकल चालक लेकवेशी–८ का २० वर्षीय मिलन विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार