चीनमा १३३ जना यात्रु बोकेको जहाज दुर्घटना

एजेन्सी । चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाईजहाज दुर्घटनामा परेको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उदृधृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

जहाज दुर्घटना भएपछि जंगलमा आगो लागेको देखिएको छ । जहाजमा १३३ जना यात्रु रहेको बताइएको छ । अधिकारीहरुले उद्धारको काम भइरहेको बताएका छन् ।घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार