दुर्घटनाग्रस्त विमानको भग्नावेशषमा खोजी कार्य जारी

एजेन्सी । चीनमा सोमबार दुर्घटनाग्रस्त विमानको भग्नावशेषबाट शव संकलन गर्ने र खोजी कार्य मंगलबार बिहान पनि जारी छ । १३२ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङ्सीको एउटा पहाडमा दुर्घटनग्रस्त भएको थियो ।

छरिएको भग्नावशेषबाट मंगलबार पनि खोजी जारी रहेको चिनियाँ सरकारी सञ्चार माध्यम सिसिटिभीले जनाएको छ । सो विमान सोमबार दिउसो कुन्मिङ सहरबाट गुआन्झोउका लागि उडेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार