वर्षमान पुन नियमित परीक्षणका लागि चीन प्रस्थान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गर्नुभएको छ । हिमालयन एयरलाइन्सको कार्गो जहाजमार्फत् पुन पत्नी ओनसरी घर्तीका साथ चीन जानुभएको हो । नियमित उपचारमा संलग्न डा.रोशन पोखरेल पनि चीन जानुभएको छ ।

पुस्तैनी जन्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनुभएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेपनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले जान लागेको पुन पत्नी घर्तीले जानकारी दिनुभयो । पुन स्वास्थ्य जाँच गरी चर दिनपछि स्वदेश फर्कने कार्यक्रम छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार