थप १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय २२ पीसीआर परीक्षणमा १२ जना र १ हजार ५ सय २० एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७१ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ६० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार